‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

अर्थबिट २०८१-०१-११ ०९:१५:०० बजे

ढाका । चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ । यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ ।

सोमबार जारी गरिएको एक विज्ञप्तिमार्फत टेक्नोले प्राविधिक क्षमताहरूलाई अगाडि बढाउन र प्रयोगकर्ता अनुभवहरू अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै नयाँ थपका साथ एआई क्षेत्रमा पाइला चालेको बताएको छ ।  टेक्नोको एआई नवाचारको केन्द्रमा यसको स्मार्टफोन लाइनअप, ‘टेक्नो स्पार्क २० प्रो प्लस’ मा सबैभन्दा नयाँ थपिएको छ ।

फोन अब बङ्गलादेशको बजारमा उपलब्ध भएको छ । यसले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको पहुँच र परिष्कृत मोबाइल अनुभवहरू प्रदान गर्नेछ । टेक्नोका इन्जिनियरिङका निर्देशक जुड यूले कम्पनीले एआई–सञ्चालित इकोसिस्टमले विश्वव्यापी स्तरमा मोबाइल अनुभवमा क्रान्ति ल्याउने तयारी गरेको बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।