इन्डिगोले एअरबससँग ३० वटा जेट विमान खरिद गर्ने

अर्थबिट २०८१-०१-१४ १४:२०:०० बजे

पेरिस । भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।

“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने थप प्रस्ताव पनि गरेको छ ।

आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद् सुरु हुने जनाएको छ । 

इन्डिगोले सन् २०२४ मा १० करोड यात्रु बोकेको थियो ।

पन्ध्र हजार किलोमिटर (नौ हजार ३०० माइल) सम्मको दूरीमा चलाउन मिल्ने ए–३५० विमानको आपूर्तिले इन्डिगोलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाललाई थप विस्तार गर्न सहज हुनेछ । 

“इन्डिगोसँगको हाम्रो घनिष्ठ साझेदारीमा यो एउटा रोमाञ्चक नयाँ अध्याय हो,” एयरबसका व्यावसायिक बिक्रीका कार्यकारी उपाध्यक्ष बेनोइट डे सेन्ट–एक्सुपेरीले भन्नुभयो । 

एयरबस र इन्डिगोले गत वर्षको पेरिस एयर शोमा ए–३२० नियो समूहका ५०० विमान खरिद्का लागि सहमति जनाएको १० महिनापछि यो अर्को सम्झौताका लागि सहमति भएको हो । 

उक्त बृहत् सम्झौताको सूची मूल्य ५५ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । यद्यपि, वास्तविकतामा विमानसेवा कम्पनीहरूले यसमा महत्त्व छुट पाउँछन् । 

इन्डिगोका जनरल डाइरेक्टर पिटर एल्बर्सले एक विज्ञप्ति जारी गर्दै यो सम्झौताले ‘विश्व उड्डयनको एक प्रमुख खेलाडीमा रूपान्तरणको अर्को चरण’ लाई सङ्केत गरेको बताउनुभएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।