पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

अर्थबिट २०८१-०१-१४ १४:२४:०० बजे

इस्लामाबाद ।  पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले बिहीबार आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड ४० लाख अमेरिकी डलरले कमी आएको जनाएको छ ।

अप्रिल १९ सम्ममा बैङ्कको कुल विदेशी विनिमय सञ्चिति घटेर करिब आठ अर्ब डलरमा झरेको एसबिपीले जनाएको हो ।

“‘बाह्य ऋण भुक्तानीका कारण’ यो कमी आएको एसबीपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

वाणिज्य बैंकहरूको कुल विदेशी सञ्चिति पाँच अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । 

बैङ्कका अनुसार पाकिस्तानसँग कूल तरल विदेशी सञ्चिति करिब १३ अर्ब ३० करोड डलर रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।