युरोपेली सङ्घले युक्रेनलाई रुसको रोक्का राखिएको अचल सम्पतिबाट अर्जित ३५ अरब युरो ऋण प्रदान गर्ने

अर्थबिट २०८१-०६-०५ १५:२९:०० बजे

कायभ । युरोपेली सङ्घले रोक्का गरिएको रुसी सम्पत्तिको राजस्वबाट सङ्कलित रकम ३५  अर्ब यूरो युक्रेनलाई ऋण दिने योजना बनाएको युरोपेली आयोगका उर्सुला भोन डेर लेयनले शुक्रबार बताउनुभएको छ । 

“अचल रूसी सम्पत्तिबाट अर्जेको अप्रत्याशित नाफाबाट सङ्कलित रकम युक्रेनलाई ऋण स्वरुप प्रदान गर्नेमा हामी विश्वस्त छौँ”, भोन डेर लेयनले युक्रेनका राष्ट्रपति भोलोडाइमर जेलेन्स्कीको साथमा कियभमा घोषणा गर्नुभयो । 

“यसले युक्रेनलाई आवश्यक वित्तीय स्थान प्रदान गर्नेछ । हामीलाई आशा छ युक्रेनले कोषको उत्तम प्रयोग कसरी गर्ने भन्ने निर्णय गर्नेछ”, उहाँले बताउनुभयो । 

मस्कोका सेनाले गरेको उग्र बमबारीपछि यस जाडोमा आफ्नो अर्थतन्त्रलाई बचाउन र आफ्नो बिजुली ग्रिड सञ्चालन कायम राख्न युक्रेनलाई कोषको आवश्यक छ । 

युरोपेली सङ्घको प्रस्तावलाई सदस्य राष्ट्रको बहुमतले हस्ताक्षर गर्न आवश्यक छ । भोन डेर लेयनले संयुक्त राज्य अमेरिकासहित अन्य जी–७ राष्ट्रले यो योजनालाई समर्थन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।  

युरोपेली सङ्घले सन् २०२२ मा क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेदेखि लगभग दुई सय ३५ अर्ब डलरको रूसी केन्द्रीय बैंक कोष रोक्का गरेको थियो  जुन विश्वव्यापी रूपमा रूसी अचल सम्पत्तिको विशाल हिस्सा हो । 

#EU

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।