सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

अर्थबिट २०८१-०८-२५ ०९:४०:०० बजे

सिङ्गापुर । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ ।

यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ ।

गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ ।

पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।