‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

अर्थबिट २०८१-०९-१७ ११:२८:०० बजे

सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

“बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,” वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको रूपरेखा दिने बताउनुभयो । सिङ्गापुरको प्रमुख प्राथमिकताहरूमा आर्थिक प्रतिस्पर्धात्मकता बढाउने, नागरिकहरूका लागि अवसर तथा राम्रो रोजगारी सिर्जना गर्ने र बढ्दो जीवनयापन लागतको प्रभावलाई कम गर्ने समावेश छ ।

“हामीले विशेष गरी वृद्ध व्यक्तिहरू तथा कम आय समूहकाहरूलाई थप लक्षित समर्थन प्रदान गर्नेछौं,” वोङले बताउनुभयो । वृद्ध आमाबाबु तथा साना बच्चाहरूलाई बेवास्ता गरिने छैन ।

नोभेम्बरमा, व्यापार तथा उद्योग मन्त्रालयले सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि सन् २०२४ को लागि करिब ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।