श्रीलङ्काको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि

अर्थबिट २०८१-०९-२७ १२:४७:०० बजे

काठमाण्डौ । श्रीलङ्काले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलङ्काको केन्द्रीय बैङ्क (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।

सिबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ ।

श्रीलङ्का सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।