श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

अर्थबिट २०८१-१०-०३ १२:२९:०० बजे

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको छ । बैङ्कले देशभर डिजिटल भुक्तानीहरू अपनाउनलाई तीव्रता दिने उद्देश्यले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको एक विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति अनुसार,“गभर्नरले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्न तथा आधुनिक प्रविधि र डिजिटल भुक्तानीको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो ।”

उहाँले सरकारी संस्था र वित्तीय संस्थाको संलग्नतामा डिजिटल भुक्तानीलाई सबैमाझ लोकप्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।

डिजिटलाइजेसनको माध्यमबाट दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न केन्द्रीय बैङ्कले गरेको पहलको शृङ्खलामा यो सचेतना अभियान पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।