नेप्सेद्वारा नेपाल लाइफ इन्स्योरेन्सको नयाँ शेयरमूल्य निर्धारण

अर्थबिट २०८१-१०-०९ ०४:५५:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को नयाँ शेयरमूल्य निर्धारण गरेको छ । 

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ बुधबार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को १० प्रतिशत बोनस शेयरको समायोजनपछि नयाँ शेयरमूल्य रु.७६०.०९ तोकेको छ । कम्पनीको बुधबार कायम अन्तिम शेयरमूल्य रु.८३६.१० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश(बोनस शेयर र नगद लाभांशको करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।