यसै सातादेखि गार्डियन माइक्रोको शेयर कारोबार हुँदै

अर्थबिट २०८१-१०-२१ ०१:४७:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा यसैसाता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को शेयर कारोबार खुल्ने भएको छ । 

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.ले नेप्सेमा सूचीकरणका लागि आवेदन दिएसँगै यस कम्पनीको शेयर कारोबार यसैसाता खुल्ने भएको हो । 

सूचीकरणका लागि नेप्सेमा आवेदन दिइएको २ देखि ३ दिनभित्र शेयर कारोबार खुल्ने गर्दछ । जसअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को छिटोमा बुधबार नभए ढिलोमा बिहीबारसम्म नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुल्ने बताइएको छ । कम्पनीले जारी गरेको प्राथमिक शेयर हालसालै लगानीकर्ताहरुको डिम्याट खातामा समेत आइसकेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को ‘जीएमएलआई’ कोडबाट शेयर किनबेच हुनेछ भने प्रतिकित्ता रु.१००.५९ देखि रु.३०१.७७ नेप्सेले सुरुवाती मूल्यसीमा तोक्ने बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।