एस.के. इनर्जीले २०.८ लाख कित्ता शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थबिट २०८१-१०-२८ ०६:५२:०० बजे

काठमाण्डौ ।एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्ति गरिएको छ । 

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम रु.वीस करोड असी लाख  बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।   

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।