सीएचडीसीकोे किन भयो सर्वाधिक कारोबार ?

अर्थबिट २०८१-१०-२९ ०७:१३:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा आज सिईडीबी होल्डिङ्ग लि.(सीएचडीसी) को सर्वाधिक कारोबार भएको छ । 

नेप्सेमा सूचीकृत लगानी उपसमूहको सिईडीबी होल्डिङ्ग लि.(सीएचडीसी) को आज मंगलबार सर्वाधिक कारोबार भएको हो । 

सीएचडीसीले मंगलबार प्रतिकित्ता रु २ हजार ८० देखि रु.२ हजार १२९ सम्म कुल १ लाख ७६ हजार ७०४ कित्ता ३६ करोड ८१ लाख ८२ हजार ८९८ रुपैयाँ बराबरको सर्वाधिक कारोबारको रेकर्ड कायम गरेको हो ।

सिईडीबी होल्डिङ्ग लि.ले चालु आवको दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणलाई आधारलाई नै कम्पनीको शेयरभाउ बढेको मान्न सकिन्छ । तर यही साता नै वित्तीय विवरणको सूचना लिक भएपछि बजारमा यसको भाउ उकालो लागेको थियो । गत साता १९ सय हाराहारीमा किनबेच भइरहेको कम्पनीको शेयर इपीएस ४० रुपैयाँमाथि नै आउने हल्ला फैलिसकेको थियो । सोही अनुरुप बजारका केही ब्रोकर र लगानीकर्ताहरुले यसको मूल्य ठेल्दै उकालो लगेका थिए । बजारमा वित्तीय विवरणका सूचना लिक भएपछि यसको मूल्य पनि केही सीमित लगानीकर्ताहरुले फाइदा लिएका छन् । जसअनुरुप आज वित्तीय विवरण सार्वजनिक भएको दिन सबैभन्दा धेरै कारोबार हुन पुगेको हो । रिपोर्ट कार्डलाई आधार मान्दै सामान्य लगानीकर्ताहरुले यस कम्पनीको शेयर खरिद गरेको र ब्रोकर तथा सीमित लगानीकर्ताहरुले बिक्रीको आपूर्ति बढाएका कारण मंगलबार सर्वाधिक कारोबार हुन पुगेको हो ।

यही आवको पुसमसान्तसम्म कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफासँगै कम्पनीको प्रति शेयर आम्दानी(इपीएस) रु.२७.७३ बाट बढेर रु.४०.५१ कायम गर्न सफल बनेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रु.१५८.०६ रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।