शेयर बजारको चमत्कार: डेढ महिनामै भयो नाफा मात्रै साढे ७ गुणा !

अर्थबिट २०८१-११-१२ ०८:५६:०० बजे

काठमाण्डौ । शेयर बजार यस्तो क्षेत्र हो जहाँ रोडपति बाट करोडपति र करोडपतिबाट रोडपति पनि भएका छन् । तर आज हामी यहाँ चर्चा गर्न लागेको चाहिँ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको हो । जसले 

गत पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको १८ लाख ४५ हजार कित्ता बिक्रीका लागि आह्वान गरेको थियो । जसमा कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका थिए । 

नेप्सेले दिएको सुरुवाती मूल्य रु. ३०१.२० लगातार ११ सर्किट लाग्दै आज सोमबार कम्पनीको मूल्य रु. ८५८.२० पुगेको छ । यसरी हेर्दा १०० रुपैयाँका दरले १० कित्ताका लागि गरेको १ हजारको लगानी ८ हजार ५८० रुपैयाँ पुगेको छ । लगानीकर्ताले १ हजारको लगानीबाट ७ हजार ५८० रुपैयाँ कुल नाफा कमाएका छन् । करिब डेढ महिनामै घरमै बसीबसी सो नाफा कमाउन सफल भएका हुन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।