काठमाण्डौ । गत माघ २४ गते नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचीकृत भई माघ २७ गतेदेखि दोस्रो बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. लगातार १२ पटक पोजिटिभ सर्किट लागेको छ । हालसम्म १३ कारोबार दिनमा कम्पनीको मूल्य दैनिक पोजिटिभ सर्किट (१० प्रतिशत वृद्धि) भई उकालो लागेको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को दोस्रो बजारमा धमाका मच्चाइरहेको छ । नेप्सेबाट सुरुवाती मूल्य ३०२ रुपैयाँ पाएसँगै दोस्रो बजारमा हाल भने कम्पनीको मूल्य १ हजार ३८.४० रुपैयाँ पुगेको छ । आज बिहीबार मात्रै कम्पनीको मूल्य एकैदिन ९४.४० रुपैयाँ बढ्दै १ हजार ३८.४० रुपैयाँ पुगेको हो ।
आज उक्त कम्पनीको नेप्सेमा ३२ हजार ५० कित्ता रु. ३ करोड ३२ लाख ७८ हजार ८६४ बराबरको शेयर खरिदबिक्री भएको छ ।
लगातार सकारात्मक सर्किट लाग्दै मूल्य उचालिँदै गएको कम्पनीको शेयरमा भारी माग छ । कम्पनीको हाल कुल बजारीकरण रु.७ अर्ब ७८ करोड ८० लाख कायम भएको छ ।