काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।
इक्रा नेपाल लिमिटेडले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई ृक्ष्ऋच्ब्ल्ए(क्ष्च्े ब् निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।