त्रिशक्ति सेक्युरिटीजको बुटवल शाखा कार्यालयको शुभारम्भ

माधव पाण्डे २०८२-०५-०६ ११:३७:०० बजे

काठमाण्डौ । लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरि नागरिकलाई पूँजीबजारमा उत्प्रेरित गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आर्थिक केन्द्रको रुपमा विकास भईरहेको बुटवलमा शाखा कार्यालयको शुभारम्भ गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्वर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष  टंकप्रसाद पोखरेलले संयुक्त रुपमा बुटवल शाखाको उदघाटन गर्नु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  उज्जल कसजुले पूँजीबजार देशको अर्थतन्त्रको ऐना रहेको र जनतामा भएको पैसा पूँजीबजारमा आउदा ठुला परियोजना निर्माणमा लगानी गर्ने वतावरण बन्ने अवस्था रहेको बताउनु भयो ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष  एजाज आलमले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पूँजीबजारबाट आउने वातावरण बन्दै गरेको र लगानीको सुरक्षाका साथै व्यवस्थित र दिगो पूँजीबजारको निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।

नेपाल चेम्वर्स अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले नेपालको पूँजीबजार सकारात्मक वाटो तर्फ जाँदा लगानीको वातावरण बन्ने र पूँजी परिचालन हुने राम्रो पक्ष रहेको बताउनु भयो ।

कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्षटंकप्रसाद गौतम र प्रवन्ध निर्देशक गोविन्द प्रसाद दाहालले आर्थिक केन्द्रको रुपमा विकास भईरहेको वुटवल क्षेत्र मोफसलको पुजीवजारको हव वन्न सक्ने सम्भावना देखेर वुटवलमा शाखा कार्यलय सञ्चालन गरेको र लगानीकर्तालाई पूँजीबजार सम्वन्धी उत्कृष्ट सेवा  दिने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

त्रिशक्ती सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरु पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपाबाट डिम्याट,टिएमएस्लगायत शेयर कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।