काठमाण्डौ । कारोबार समयको अन्तिम १५ मिनेट( २ः ४५ देखि ३ बजेसम्म) कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम मूल्य कायम गरिने अभ्यासविरुद्ध लगानीकर्ताहरुले चौतर्फी विरोध भइरहेको र नियामक निकायको ढोका घच्घच्याएका छन् ।
२०८१ साल चैत ७ गतेदेखि कार्यान्वयनमा आएको संसोधित अन्तिम कारोबार मूल्य( भारित औसत मूल्य) का विषयमा लगानीकर्ताहरुले सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतमा र नियामक निकायसमक्ष नै पुगेर ढोका घच्घच्याएका हुन् ।
स्वतन्त्र रुपमा शेयर लगानीकर्ता आदित्य पौडेललगायतका केही लगानीकर्ताहरुको समूह पुरानै नियम कायम गर्दै बजारको सेन्टिमेन्ट सुधार गर्न संसोधित अन्तिम कारोबार मूल्य( भारित औसत मूल्य) को व्यवस्था तत्काल हटाउन नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डसमक्ष पुगेका छन् । गत साता नेप्से पुगेको पौडेललगायतका लगानीकर्ताहरुको समूह हिजो आइतबार नेपाल धितोपत्र बोर्ड पुग्यो ।
बोर्डसमक्ष विभिन्न १० बुँदे ज्ञापन पत्रसहित पुगेको पौडेललगायतका लगानीकर्ताहरुको समूह भारित औसत मूल्यको नयाँ मूल्य निर्धारण विधिले बजारमा झन् आत्मविश्वासमा ह्रास, अन्यौलता र हतोत्साही बनाएको बताउँछ । १५ मिनेटको औसत मूल्य कायम गर्ने गणना विधिले नेप्सेको इण्डेक्सकै समग्र चार्ट बिगार्ने र लगानी निर्णय नै अन्धाधुन्ध भइरहेको उनीहरुको भनाइ छ । ट्रेडिङ्गलाई हतोत्साही बनाउने खोजिएको, शेयर खरिद गर्न निरुत्साहित भइरहेको साथै समग्र बजारलाई नै ध्वस्त बनाइरहेको लगानीकर्ताहरुको जिकिर छ ।
यसैबीच पुराना लगानीकर्ता दुर्गा प्रसाद काफ्ले त । १५ मिनेटको औसत मूल्य कायम गर्ने गणना विधि तँ शब्दको सम्बोधन गर्दै चाँडै हटाउन माग गरेका छन् । उनले भनेका छन्,‘ओए, त्यो १५ मिनेट के हो ? त्यो चाँडो हटान यार । गिदी पग्लिसक्यो यार बजार बलियो भन्दा ।
आइतबार धितोपत्र बोर्डसमक्ष पौडेललगायतका स्वतन्त्र लगानीकर्ताहरुको समूहले बुझाएको ज्ञापन पत्र यस्तो छ :
श्रीमान प्रमुख ज्यू,
धितोपत्र बोर्ड
खुमलटार, ललितपुर मितिः२०८२।०५।०८
विषयः पुजी बजार सुधार सम्बन्धमा
उपयुक्त सम्बन्धमा हामी सेकेन्डरी सेयर लगानी कर्ताको आफ्नो लगानीको सुशासन, समाधान र सुद्ताको मात्र नभई लगानी गर्ने प्लाटफर्मको पनि उत्तिकै प्रगति विकास र सुधारको दु्रत पल,द्रुत क्षण घाम पानी जाडो गर्मी नभनीकन विगतमा ५८ बँुदे सुधार देखी लिएर, नेप्सेको अनलाइन टीएमएस सिस्टम समेतमा पनि विशेष भुमिका निर्बाह गरेको यहाँहरुलाई अवगत नै छ । विगतमा पनि हाम्रा साथीहरु पनि यस प्लाटफर्मको उन्नती बिकासको निम्ती आमरण अनसन समेत बसेर यो प्लाटफर्म जोगाएको पनि यहाँहरुलाई अवगत नै छ । । राष्ट्र बंैकबाट जुन यो पुजीबजार सिध्याउने प्रयास गरियो,त्यस बखत पनि यहाँहरु हाम्रो अभिभावक भएर पनि केही चासो दिएको हामीले विगतमा पाएनौ र पछि बुझयौ यो यहाँहरुको हातको कुरा समेत होईन रहेछ तर अहिले यतिको अत्याधिक मात्रामा आई.पि.यो, राईट सेयर र प्रोमेटर सेयर लकिङले बजारको बायर साइड कम्जोर बनाई रहेको बेलामा बजार सिध्याउने हेतुले जुन अवैज्ञानिक र संसारकै क्रुर अस्त्र (१५ मिनेटको भारित औसत गणना विधि) जुन सारा संसारमै कही नभएको नियम र दुई चार जना बजार नष्ट भए खुसी हुने सेयर बेचेर बसेका मानवको कुरा सुनेर ल्याइयो यो एकदमै लजास्पद र निन्दनीय पनि छ । यो १५ मिनेटको नियमको असर सुरुकै दिन देखि देखीयो तर पनि नेप्सेको वेवास्ताले गर्दा यो नियमलाई राखियो,बजारको भाउ बजार आफैले निर्धारण गर्ने हो । बजारको नियामक निकायको प्रहारले होईन की दिन भरि बिहान उचभ यउभल देखि ११ बजे र ११ बजे देखि २ः४५ सम्मको कारोबार चाँहि फेक हो यो समयको कारोबारमा हाम्रो सम्पत्ति तल माथि हुदैन र ? एक तर्फी बजारमा के यो नियम सही छ ? बजारमा यो नियमले लगानीकर्ताको मनोबल घटाई हतोत्साहित गराएको र बजारमा दिउँसो २ः४५, मिनेट पछि सेयर खरिद गर्नुको कुनै औचित्य नभएको यो नियमले भान गराएको छ । यो नियमले बजार कसरी ध्स्वत पारेको छ जुन निम्नलिखित बुदाँहरुमा स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।
१. दिनभरि किन्ने र अन्तिम १५ मिनेट हुँदा बेच्ने गरेको हुँदा बिहान र बेलुकाको भाउ नैे बिगारी अन्तिम १५ मिनेटमा बजार सत्यानास हुने तरिकाले घटेर किन्नेलाई पनि त्यहि १५ मिनेटमा नै र बेच्नेलाई पनि त्यहि १५ मिनेटमा बेच्न परेको हुँदा बजार बिकास हुन सकेको छैन ।
२.अन्तिम १५ मिनेटको कारेबार औसतमा गणना हुने हुँदा क्रेतालाई मैले कतिमा किने मेरो औसत मुल्य कति भयो भन्ने अन्योल्ता र हौसला नहुने हुँदा मास कन्फिडेन्ट र सेन्टिमेन्ट घटेको छ ।
३. विगतमा १५ मिनेट औसत नियम नहुँदा लगानीकर्तालाई सेयर बेच्न डर हुन्थ्यो ताकि अन्तिममा मैले बेचैला र पोजिटिभ सर्किट लाग्ला भन्ने डर हुन्थ्यो र सप्लाई साईड ड्राई भई बजार नेचुरल्ली चलिरहेको थियो तर अहिले यो नियम आए पछि बेच्ने डर पनि भएन साथै आफ्नो सेयरमा कन्फिडेन्ट नै नभएको अवस्था आएको छ ।
४. टेक्निकल एनालाइसिस चार्ट बिगारी बजारको टेक्निकल प्याटर्न बिगारेको छ ।
५. टे«डिङ प्रपोज मैत्री बजार बिगारी ईन्भेष्टिङ प्रपोज मैत्री बजार बनाईएको छ ।
६.२ः४५ पछि लो लिक्वीडिटी र वान वे मार्केटमा ५०० कित्ता ४९० मा बेच्ने अनी १०० कित्ता ५०५ मा सेल बस्नुस कसैले ५०५मा खाए बायर सोहि दिन ५ रुपैयाँ यिकक हुने अनि सेलर ५ रुपैयाँ नाफा प्राप्त गरेपछि
बाइर साइड– किन किन्ने ५०५मा ?
सेलर साइड – किन नबेच्ने ५०५मा ?
किन्ने र बेच्ने असन्तुलित भएन ?बेच्नेमा त्यति डर हाबी नहुने तर किन्नेमा डर हाबी हुने देखियो जसले बायर साईडलाई ध्वस्त पारियो ।
७.लो क्याप सेयरको भविष्य सिध्याई दिएको र समग्र बजार ध्वस्त पारेको छ ।
८. केही सीमित स्क्रिम १,२ वटा चले त्यहि चल्ने त्यसैमा भोलुम आउने र अरुमा ड्राई भएर बाईङ नै नआएको देखियो र ती सीमित स्क्रिपमा पनि अन्तिम १५ मिनेटमा सेलिङ प्रेशर अत्याधिक आउने भएकाले बजार नथामिएको देखियो ।
९.ट्रेडरले बारम्बार बाइ ÷सेल डिसिजन लिदा र थोरै समयको क्यान्डलमा पर्याप्त कारोबार नहँुदा औसत नै मिसलेडिङ हुन सक्छ ।
१०.उच्च भाउमा सेयर किन्न अयलाष्मभलत नभएकाले बजार निरन्तर घट्ने मात्रा नभएर सबैको सम्पत्ति सकिदै गएको छ ।
आदि, इत्यादि धेरै छन् के हामी अब पनि ढुङगे युग तिर फर्किने हो कि, बजारलाई आफ्नो ल्बतगचब ि७ जभबतिजथ धबथ मा चल्न दिने ? कहिले ४–१२ मा तपाइहरुबाट केहि सहयोग भएन हामी यो नियमहरु हेरफेर भयो र हाल बजार बामे सर्दै गरेको बेलामा बजारलाई लगाम लगाइ फेरि बजारलाई जिन्दगी भरको लागि द्यभबचष्कज जानबाट जोगाइई, हामी लगानीकर्ताको भलो गर्ने तपाई हाम्रो अभिभावकको नाताले हाम्रो लगानी सुरक्षाका निम्ति यो १५ मिनेटको औसत कायम हुने नियम तत्काल तुरुन्तै बन्द गरि बजारलाई आफ्नो पुरानै तरिकामा चल्न दिन विन्रम अनुरोध गर्दछौ । धन्यवाद
उपस्थितीहरु,