एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा भन्दा बढी आवेदन

अर्थबिट २०८२-०५-१७ १२:१४:०० बजे

काठमाण्डौ । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम को पहिलो चरणमा बीज पूँजी सहित रु.१० अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाई मिति २०८२/०४/२९ गतेदेखि मिति २०८२/०५/१२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त समयमा बीज पूँजी सहित जम्मा ८२,८२८ जना आवेदकहरुबाट जम्मा रु.७,४०३,१६,०००/- बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ । 

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम एनआईसी एशिया क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना हो । उक्त योजनाको पहिलो चरणमा रु.१०/- अंकित दरका ५ करोड इकाई अर्थात रु.५० करोड बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको आकार बीज पूँजी सहित रु.१ अर्व बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पूँजी सहित १० करोड इकाई अर्थात रु. १ अर्व सम्म पु¥याउन सकिने व्यवस्था रहे बमोजिम एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्काशनको समयमा रितपुर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले  जानकारी दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।