शेयर बजार स्खलित !

अर्थबिट २०८२-०९-१४ ०५:५०:०० बजे

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकका गिरावटका साथ कारोबार रकममा समेत संकुचन आएको छ ।

आइतबार ४७.५५ अंकले बढेको शेयर बजारमा ५.५३ अर्ब रुपैयाँ हाराहारीमा कारोबार भएको थियो । आज सोमबार भने १०.५३ अंकले गिरावट आएको यो दिन ८५ कम्पनीको शेयरमूल्य बढ्यो भने १६५ कम्पनीको मात्रै घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको थियो । 

हाल बजार सूचकांक करिब २६ सय २३ रहेको छ । बजार अहिले साइडवेज कन्सोलिडेसन फेजमा रहेको छ । ठूलो अपट्रेण्डपछि आएको करेक्सन अझै पूर्ण रुपमा सकिएको छैन । 

माथिल्लो स्तरमा लोवर हाई बनाइरहेको देखिन्छ । स्पष्ट बुलिस रिभर्सलको संकेत अझै देखिएको छैन । हालको बढाई केबल टेक्निकल बाउन्सजस्तो मात्रै देखिन्छ । 

बजारले २६ सय देखि २५ सय ८० को लेभललाई बलियो सपोर्ट बनाएको छ । यो पनि ब्रेक भए २४ सय ८० सम्म झर्ने प्रबल सम्भावना रहन्छ । 

परिसूचक २६ सय ६० देखि २६ सय ८० बीच रेजिस्टेन्स लेभल बनाएको बजारमा यसलाई पनि ब्रेक गरेर माथि २७ सय ५० सम्म जाने सम्भावना रहन्छ । 

भोल्युम घट्दो अवस्थामा छ । बलियो आक्रमक खरिद दबाब अझै देखिएको छैन । ब्रेकआउट आउन भोल्युम कन्फर्मेसन आवश्यक पर्दछ । 

सूचकांक २६ सयमाथि टिकेमा बजार फेरि माथि जानसक्छ । २६ सय ८० माथि ब्रेक भए २७ सय ५० माथि आशा गर्न सकिन्छ । 

बजार अहिले निर्णयकै चरणमा छ । ब्रेकआउट वा ब्रेकडाउन नआएसम्म सतर्क भएर ट्रेड गर्नुपर्छ । 

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।