नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

अर्थबिट २०८२-०९-१५ ०२:२१:०० बजे

काठमाण्डौ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा।लि।ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ २ देखि ४ गते सम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्ने भएको छ ।

आयोजना हुन गइरहेको प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।

यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

उक्त प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनिको लागि सीमित स्टलहरु बाँकी रहेको छ साथै स्टल बुकिङ्ग तिब्र गतिमा भइरहेको छ ।

निःशूल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना औजार, देखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रबद्र्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा

राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउ“पालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, र चितवन उद्योग संघ रहेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।