काठमाण्डौ । एसवाई प्यानलको शेयर क्लाईमेक्समा पुगेको छ ।
सोमबार एसवाई प्यानल नेपालको शेयरमा १० प्रतिशत पोजिटिभ सर्किट लागेर मूल्य प्रतिकित्ता रु. ८८० पुगेको छ ।
कम्पनीको ट्रेण्ड अत्यन्तै बलियो बुलिस देखिन्छ ।
कम्पनीको शेयर लगातार माथिल्लो सकारात्मक सर्किटमा चलेको छ । हालसम्म कुनै अर्थपूर्ण करेक्सन आएको छैन । मोमेन्टम अत्यन्तै बलियो छ, तर ओभरहिटेड अवस्थामा रहेको देखिन्छ ।
भोल्युम अचानक धेरै बढेको छ । रिटेलरहरुको सहभागिता उच्च देखिन्छ । क्लाइमेक्स भोल्युम देखिन थालेको छ । अल्पकालमा पुलब्याकको सम्भावना छ ।
एसवाई प्यानल नेपालको सपोर्ट लेभल ७८० रुपैयाँ रहेको छ । मनोवैज्ञानिक रेजिस्टेन्स लेभल ९०० रुपैयाँ रहेको कम्पनी १ हजार पार गरे ११ सयसम्म पनि पुग्ने सम्भावना छ ।
यदि कम्पनीको शेयरमूल्य ८०० माथि दैनिक क्लोजिङ्ग भएमा ९२० सहजै पुग्नसक्छ । मोमेन्टम रहिरहेमा ट्रेण्ड जारी रहला ।
तर कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक भएर ८०० तल क्लोजिङ्ग भएमा ६८० सम्मको करेक्सन आउने देखिन्छ । प्यानिक सेलिङ्ग आएमा ६२० सम्म पुलब्याक सम्भव छ ।
अब नयाँ प्रवेशका लागि एसवाई प्यानलको शेयरमा सतर्क रहन जरुरी छ । नयाँ प्रवेशमा उच्च जोखिम निहीत छ । पुलब्याक आएर ७८० मा भोल्युम सपोर्ट देखिएपछि मात्रै इन्ट्री गर्नु उत्तम हुनेछ ।
यदि तपाईँसँग एसवाई प्यानलको शेयर छ भने आंशिक नाफा बुक गर्न सकिने क्षेत्रमा हुनुहुन्छ ।
हाल एसवाई प्यानलको शेयरमूल्य बढ्नुमा सेन्टिमेन्टमा आधारित मुभ हुनु हो । करेक्सन पछि मात्रै कम्पनीको शेयर एकुमुलेसन गर्नु दीर्घकालीन लगानीका लागि फाइदा हुनेछ ।
यस्तो ठाडो मुभपछि अचानक करेक्सन आउनसक्छ । अपर पोजिटिभ सर्किटले जोखिम घटाउँदैन बरु उल्टै बढाउने गर्दछ ।
एसवाई प्यानल हाल बलियो बुलिस ट्रेण्डमा छ । तर ओभरबाउट अवस्थामा पुगेको छ । मोमेन्टम रहुन्जेल माथि जानसक्छ, तर जोखिम व्यवस्थापन अनिवार्य छ ।
चेतावनी ः यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान ः यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।