सम्पत्ति स्वाहा गर्न लघुवित्तको शेयर !

अर्थबिट २०८२-०९-१४ ०६:२३:०० बजे

काठमाण्डौ । जानाजान घाटा खान र सम्पत्ति स्वाहा गर्न लघुवित्तको शेयर किन्न लगानीकर्ता तछाडमछाड गरिरहेका छन् । 

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्र(एमओयु) मा हस्ताक्षर गर्यो । अब नेपाल राष्ट्र बैंकले दुवै संस्थाको एमओयुलाई स्वीकृतिका लागि अनुमति प्रदान गर्नेछ । तत्पश्चात् विन नेपाल लघुवित्त स्वरोजगारमा विलय भएपछि स्वरोजगारकै नाउँमा दोस्रो बजारमा शेयर कारोबार हुनेछ । तर यता विन नेपाल लघुवित्त दिनुहँ १० प्रतिशतका दरले नेगेटिभ सर्किट लागेर शेयरमूल्य ओरालो झर्दा पनि खरिद गर्न तछाडमछाड गरिरहेको देखिन्छ । 

केही समयअघि ग्रामीण विकास लघुवित्तले समाज लघुवित्तलाई प्राप्ति गरेको थियो । तत्पश्चात् ३ हजार हाराहारी कारोबार भइरहेको समाज लघुवित्तको शेयरमूल्यमा दिनुहँ पहिरो गएको थियो । ३ हजारबाट १८सय हाराहारी आइसकेपछि कारोबार रोक्का भई समाजको ग्रामीण विकास लघुवित्तका नाउँमा ८ सय हाराहारीका एकीकृत कारोबार भयो । 

यसरी दुवै लघुवित्तलाई नियामक निकायले मर्जरको स्वीकृति दिएपश्चात् विन नेपाल स्वरोजगार लघुवित्तका नाउँमा एकीकृत शेयर कारोबार हुनेछ । दोस्रो बजारमा स्वारोजगार लघुवित्त हाल ९ सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । अनि विन नेपालको भने विलय हुने खबर आएसँगै शेयरमूल्यमा लगातार पहिरो गइरहेको छ । उक्त कम्पनीको २ दिनमै १८ सयबाट १४ सय रुपैयाँमा आइसकेको छ । सोमबार विन नेपाल लघुवित्तको ५ हजार १४० कित्ता शेयर झण्डै ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आगामी दिनमा विन नेपाल लघुवित्त स्वरोजगारकै शेयरमूल्यमा कारोबार हुनुपर्ने प्रावधान रहेकाले मूल्य लगातार घटिरहेको हो । 

गत पुस ९ गते विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तबीच एक आपसमा गाभिने गाभिने प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।