काठमाण्डौ । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार १४.२१ अंकको वृद्धिका साथ २९ सय ५० दशमलव १६ विन्दू कायम भएको हो ।
बुधबार रु. १५.०९ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बिहीबार भने रु. १३.१६ अर्बको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कुल ३४२ कम्पनीको शेयर कारोबार भएको यो दिन १७८ कम्पनीको मूल्य बढ्यो । ८ कम्पनीको शेयरमूल्य स्थिर रहँदा ८० कम्पनीको भने घट्यो ।
बजारको २९ सय ५० देखि ३ हजार विन्दू मनोवैज्ञानिक लेभल हो । अहिले बजार यही रेन्जमा संघर्षरत छ ।
बजार अल्पकालमा हेर्ने हो भने ओभरबाउट जोनमा छ । त्यसैकारण पुलब्याक वा करेक्सन आउनसक्छ ।
यदि बजार ३ हजार विन्दू ब्रेक गरी माथि जान सकेको खण्डमा ३१ सय ५० र अझै त्यो भन्दा माथि पनि जाने धेरै सम्भावना छ ।
यदि रेसिस्टेन्स जोनबाट रिजेक्ट भएमा २८ सय ५० हुँदै २७ सय ५० सम्म ओर्लिन सक्छ ।
यस्तो अवस्थामा स्वीङ्ग ट्रेडरहरुले अलिक तल (२८ सय आसपास) एकुमुलेसन गर्न सक्छन् । ट्रेण्ड अझै बुलिस नै छ । प्यानिक हुनैपर्ने अवस्था भने छैन ।
ठूला खेलाडीहरुले २६ सयदेखि २७ सयका बीच एकुमुलेसन गरिसकेका छन् । अहिले बजार रिटेल चेजिङ्ग फेज सुरु भएको अवस्था हो ।
बजार समग्रमा बुलिस छ । केही दिनमा करेक्सन हुने छाँटकाँट देखिन्छ । तथापि अर्को ठूलो मुभ ३ हजार ब्रेकआउटमा निर्भर रहनेछ ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।