आगामी मनसुन अगावै तनहुँ जलविद्युत्को बाँध निर्माण सकिने
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ ।
आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि सुरु गरिएको हो । त्यसका लागि उक्त गाउँपालिकाको वडा नं १ र व्यास नगरपालिकाको वाडा नं ५ सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध...