चाडपर्व नजिकिँदा पनि बढेन आयात, थोरै बढ्यो निर्यात
भैरहवा । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल भएको देखिन्छ ।
उसो त गत वर्ष पनि यी दुई महिनामा उत्साहजनक आयात देखिएको थिएन । नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ...