विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति
काठमाण्डौ।पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो...