एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
काठमाण्डौ।पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर–६ (एसआर–६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ ।
एसआर–६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिन एनएचपिसीले बिहीबार आवेदन बुझाएको लगानी बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो ।...