पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग
ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी...