राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
काठमाण्डौ।राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति...