पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै मोरङ ३ का महिला उत्साहित, रेखालाई भव्य स्वागत
मोरङ । मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।
आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ...