थाई एयरले पुनः थाल्यो काठमाण्डौ –ब्याङ्कक उडान
काठमाण्डौ । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाण्डौ –ब्याङ्कक उडान पुनः सुरु गरेको छ ।
कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका...