कालिका पावरको ९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
आज बुधबार नेप्सेमा कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर अर्थात् ९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएसँगै शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि भने दोस्रो बजारमा बिक्री गर्न मिल्नेछ ।