काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. (एनआरएन) ले आज ह्याट्रिक गरेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि.ले गत आइतबार,हिजो सोमबार र आज मंगलबारसमेत गरी लगातार ३ दिन नै सर्वाधिक टर्नओभर(सबैभन्दा धेरै कारोबार रकम) मा ह्याट्रिक गरेको हो ।
शेयर कारोबार हुने साताको पहिलो दिन गत आइतबार एनआरएन इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको भयो । एनआरएनको मात्रै ४१ करोड ९७ लाख २ हजार ५२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
यस्तै हिजो सोमबार पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट कम्पनीको एनआरएनको मात्रै ३५ करोड ३० लाख ७५ हजार १६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भई सर्वाधिक टर्नओभर कायम गर्न पुग्यो ।
आज मंगलबार पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट कम्पनीको सर्वाधिक कारोबार भयो । एनआरएनको मात्रै ३० करोड ८७ लाख १३ हजार ७९६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।
लगातार ३ दिन नै उक्त कम्पनीले टर्नओभरमा ह्याट्रिक गरेको हो ।