काठमाण्डौ । आज शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी पच्चीस करोड रुपैयाँ, तत्काल जारी १६ करोड रुपैयाँ र तत्काल चुक्ता पूँजी दश करोड अठहत्तर लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी सोह्र करोड रुपैयाँ हुनेछ । आईपीओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ ।