सीजी नेट अब १५ दिनसम्म नि:शुल्क

अर्थबिट १३:४७:०० बजे

काठमाण्डौ। बजारको नयाँ इन्टरनेट सेवा प्रदायक सीजी नेटले ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ ल्याएको छ ।

 

यसअन्तर्गत ग्राहकले १५ दिनसम्म इन्टरनेटको नि:शुल्क अनुभव गर्न पाउनेछन् ।

 

अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो । यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउनुपर्नेछ ।

 

अन्य इन्टरनेट सेवा प्रदायकले सात दिनसम्मका लागि मात्रै फ्री ट्रायलको अवसर दिँदा सीजी नेटले नेपालमै पहिलो पटक आधा महिनाका लागि यस्तो सुविधा दिएको हो ।

 

यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन् । सीजी टेलिकमले हाल काठमाडौं उपत्यकाभर आफ्नो सेवा विस्तार गरिरहेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।