एआईको ज्ञान लिँदै महिला सञ्चारकर्मी

सरिता योञ्जन २०८१-१२-२७ ०७:४०:०० बजे

इटहरी । सञ्चारिका समूह कोशी प्रदेश समितिको आयोजनामा सञ्चारकर्मी महिलाहरूका लागि तीनदिने ‘कृत्रिम बौद्धिकता ( एआई)’ सम्बन्धी तालिम बिहीबारदेखि मोरङको बिराटनगरमा सुरु भएको छ।

बिराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित उक्त तालिमको उद्घाटन कार्यक्रममा डिजिटल युगमा कृत्रिम बौद्धिकताको बढ्दो प्रभाव, पत्रकारितामा यसको प्रयोग र सम्भावनाबारे व्यापक जानकारी दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।

उक्त तालिममा  प्रदेशभरिबाट करिब ६० जना महिला पत्रकारहरूको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा प्रशिक्षणदाता लिला राज भट्टराईले सहभागीहरूलाई एआईको परिचय, व्यवहारिक प्रयोग, जोखिम र अवसरहरूबारे ज्ञान दिँदै प्रशिक्षण गरेका थिए।

सञ्चारिका समूह कोशी प्रदेश समितिकी संयोजकले महिलाहरूलाई प्रविधिमैत्री बनाउँदै पत्रकारितामा थप दक्ष बनाउने उद्देश्यले यस्तो तालिम अपरिहार्य रहेको बताइन्।

तीन दिनसम्म चल्ने तालिममा कृत्रिम बौद्धिकता सम्बन्धी विविध पक्षबारे विज्ञहरू मार्फत सैद्धान्तिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गरिनेछ। सहभागीहरूका अनुसार तालिमले नयाँ प्रविधिप्रति उनीहरूको बुझाइलाई अझ प्रष्ट र आत्मविश्वासी बनाउने कुरामा ढुक्क रहेका बताएका छन।

यो पनि पढ्नुस् : एआईले ४० प्रतिशत जागिर निल्नेछ तर तपाईंसँग यी १० सीपहरू छन् भने तपाईं तनावमुक्त रहन सक्नुहुन्छ

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।