भारतीय गायिका लता मंगेशकरको निधन

अर्थबिट ११:२५:०० बजे

 काठमाण्डौ। भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । 

केही हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन कक्षमा राखी उपचार गरिँदै आएको थियो । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

आइतबार बिहान ८.१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

केही समययता उनको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतो इन्दौरमा भएको थियो ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । उनले सन् १९४३ मा आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ४० हजारभन्दा बढी गीत गाएकी छन् ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।