इटहरीमा फिल्म 'राजागंज'को पत्रकार भेटघाट

अर्थबिट २०८१-११-०५ १०:४३:०० बजे

इटहरी । आगामी चैत १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म राजागंजुको इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेनिस, बुसान र ताल्लिन ब्ल्याक नाइट्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पूजा सरु नामले अन्तराष्ट्रिय ख्याति कमाएको यो फिल्मको तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सहायक लेखक आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश संयोजक विकाश बुढाथोकीको उपस्थिती रहेको थियो । 

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री मगरातीले अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा पूजा सरु र नेपालमा राजागंजु नामले फिल्म प्रदर्शन गर्नुको कारण बारे प्रष्ट्याईन् । फिल्मको मुख्य पात्र पूजा सरु रहेको र सो पात्र फिल्मको कथाको पावरफुल क्यारेक्टर रहेको कारण सोहि पात्रको नामबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिएको उनको भनाइ छ । यस्तै नेपालमा परिवर्तित नाम राजागंज रहनुको कारण फिल्मको कथामा कल्पना गरिएको एक गाउँको नाम राजागंज,भएको र यो फिल्म निर्माणको क्रममा पनि यही नाम जुराईएको हुनाले यही नामबाट नेपालमा प्रदर्शनको तयारी गरेको मगरातीले बताईन् ।

यस्तो फिल्म नेपालमा मात्र सीमित नहोस्, संसारभरका दर्शकले हेर्न मौका पाओस् भन्ने निर्देशक दीपक रौनियार र आफ्नो उद्देश्य रहेको हुनाले संसारभरका हजारौं फिलमहरुबिच प्रतिष्पर्धा गर्दै राजागंजुले अन्तराष्ट्रिय प्लेटर्फम पाएको अभिनेत्री मगराती बताउँछिन् । अब नेपाल प्रदर्शनमा पनि फिल्मप्रेमी दर्शकहरुले साथ दिनेमा उनी ढुक्क छिन् । फेस्टिभललाई मात्रै टार्गेट गरेर राजागंजु निर्माण नगरिएको आशाको जिकिर छ । उनी भन्छिन् फेस्टिभलमा फिल्म लगियो भने अझै प्रचारप्रसार हुन्छ, साथै हाम्रो कथा संसारलाई देखाउने मौका पनि मिल्ने भएर फेस्टिभलमा पनि सहभागी गराइएको हो।

फिल्ममा सशक्त महिला पात्रहरूको बाहुल्यता भएका कारण पनि अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा पूजा सरु नामले फिल्म प्रदर्शन गरिएको बजार संयोजक सन्देश घिमिरेको भनाई छ । उनका अनुसार यो फिल्ममा उठान गरिएको कथा हाम्रै समाजको कथा र हामीले देख्दै भोग्दै आएको यथार्थपरक पात्रहरू भएकाले सबैले हेर्नुपर्ने फिल्म बनेको छ । 

यो फिल्मलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । यसअघि उनले २०१२ मा हाइवे, २०१६ मा व्हाइट सन र  २०२२ मा फोर नाइट्सु निर्देशन गरिसकेका छन् । व्हाइट सनु फिल्म भेनिस, टोरन्टो, लोकानो, रोटरड्याम, बुसान र सिड्नी जस्ता प्रमुख फिल्म महोत्सवहरूमा प्रर्दशन भएको थियो । उनको तेस्रो फिल्म फोर नाइट्स बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको थियो । आउँदो अप्रिलमा हार्वर्ड युनिभर्सिटीमा राजागंजको विशेष प्रदर्शनसहित छलफल कार्यक्रम आयोजना हुने भएको छ । द न्यू वर्क टाइम्सले उनलाई हेर्नैपर्ने ९ जना निर्देशकको सूचीमा समेत राखेको थियो ।

भारतीय प्रतिष्ठित फिल्ममेकर अनुराग कश्यप, जसले ग्याङ्ग्स अफ वासेपुरु जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन्, उनको यस फिल्ममा विशेष भूमिका छ । हालै भेराइटीु म्यागजिनलाई दिएको अन्तर्वार्तामा कश्यपले राजागंजमा संलग्न हुन पाउँदा गर्व लागेको बताएका छन् । उनले भनेका छन्, म व्हाइट सन हेरेदेखि नै दीपक रौनियारको कामको फ्यान भएको थिएँ, र उनले अर्को कुन फिल्म बनाउने हुन् भनेर प्रतीक्षामा थिएँ।

फिल्मको प्रमुख पात्र इन्स्पेक्टर पूजा थापाको भूमिकामा अभिनेत्री आशा मगराती देखिएकी छन् । कोशी प्रदेश अवस्थित मोरङ बेलबारीकी मगराती रंगमञ्च हुँदै फिल्मी यात्रामा प्रवेश गरेकी हुन् । उनले हाइवेु, व्हाइट सनु, कागबेनी, कर्मा, दलन, कथा मिठो सारंगीको जस्ता चर्चित फिल्महरू, टिभि सिरिज, रेडियो तथा स्टेज नाटकहरूमा काम गरिसकेकी छन् । यस्तै फिल्ममा पूर्व मिस नेपाल नीतिका चण्डक, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झा, दयाहाङ राई, विजय बराल, घनश्याम लम्साल, परमेश्वर झा लगायतको समेत प्रमुख भूमिका रहेको छ । 

यो फिल्मको फ्रान्स, जर्मनी, स्वीजरल्यण्ड, अस्ट्रिया, बेलायत, अमेरिका लगायतका आधा दर्जन देशहरूका सिनेमाघर, टेलिभिजन, फिल्म फेस्टिभल तथा एयरलाइन्स र डिजिटल वितरण अधिकार पाईसकेको फिल्म निर्माण युनिटले जनाएको छ । यो फिल्मको निर्माण आदि फिल्म्सका लागि निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।