ई-पासपोर्टको अनलाइन बुकिङ रद्द भएकालाई राहदानी विभागको विशेष सेवा

अर्थबिट २०७८-१०-२४ १०:५५:०० बजे

काठमाण्डौ।राहदानी विभागले बुकिङ रद्द गरिएका सेवाग्राहीलाई लक्षित गरी सोमबार बिहान ७ बजेदेखि विशेष सेवा सुरु गरेको छ ।

विद्युतीय राहदानीका लागि अनलाइन बुकिङ गरेका तर कोरोना महामारीका कारण बुकिङ रद्द भएका नागरिकहरूका लागि विभागले यस्तो व्यवस्था मिलाएको हो ।

विभागले एक सूचना जारी गर्दै पुरानो बुकिङ भएका सेवाग्राहीलाई बिहानी समयमा सेवा दिने जनाएको छ । जसअनुसार बिहान ७ बजेदेखि १० बजेभित्र राहदानी विभाग त्रिपुरेश्वरमा सम्पर्क गर्न भनिएको छ । सेवाग्राही सङ्ख्या बढी भएको अवस्थामा सबैभन्दा पुरानो बुकिङ भएकाले पहिलो प्राथमिकता पाउनेछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।