आइपीओ आवेदन हालसम्मकै सर्वाधिक

अर्थबिट २०७८-१०-२५ ०९:३३:०० बजे

काठमाण्डौ।जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपीओमा आइपीओ आवेदन हालसम्मकै सर्वाधिक रेकर्ड कायम गरेको छ ।

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा ६६.६५ गुणा बढीको आवेदन परेको हो । 

कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका हुन् । 

कुनै पनि कम्पनीको आईपीओमा २६ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो । कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

माग भन्दा बढीको आवेदन परेकोले यस कम्पनीको आईपिओ गोलाप्रथाबाट वितरण हुने छ । जस अनुसार ४८ हजार ७ सय ९० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।