आजदेखि ईमर्जिङ नेपालको आइपीओमा आवेदन दिन सकिने

अर्थबिट २०७८-१०-२६ १०:५१:०० बजे

काठमाण्डौ।ईमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ।आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ताको लागि आवेदन दिन सकिने छ  । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।