अब ड्राइभिङ लाइसेन्स नागरिक एपमा लिङ्क गर्न सकिने

अर्थबिट २०७८-११-०२ १५:३६:०० बजे

काठमाण्डौ।अब ड्राइभिङ लाइसेन्स नागरिक एपमा लिङ्क गर्न सकिने भएको छ ।

सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेट आएको छ । यो नयाँ अपडेटसँगै अब ड्राइभिङ लाइसेन्स  नागरिक एपमा लिङ्क गर्न सकिने भएको हो । 

सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपले ब्लुबुक नवीकरण सुविधासँगै यो नयाँ फिचर समेत ल्याएको हो । यसका लागि नागरिक एपमा ड्राइभिङ लाइसेन्स नामक नयाँ आइकन थपिएको छ ।

त्यसमा दबाएर आफ्नो सवारीचालक अनुमतिपत्र एपमा लिङ्क गर्न सकिनेछ । यति मात्र होइन, मतदाता परिचयपत्र, नागरिकता र राहदानी जस्तै अब ड्राइभिङ लाइसेन्सबाट समेत नागरिक एपको खाता खोल्न सकिनेछ । एन्ड्रोइडमा आइसकेको यो नयाँ अपडेट आईओएसका लागि भने केही दिन कुर्नुपर्नेछ ।

निकट भविष्यमा नागरिक एपबाटै त्यसको नवीकरण तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध हुने बताइएको छ । 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।