काठमाण्डौ।नेपाल इन्भेष्टर फोरमले सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथाशीघ्र पुनरावलोकन गर्न माग गरेको छ ।
पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने भन्दै फोरमले हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउँदै गरेको ब्याजदर वृद्धिको निर्णय पुनरावलोकन गर्न आज जारी विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
फोरमले आर्थिक समृद्धि अभियानलाई मूर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुनको लागि अनुरोध गरेको छ । यस्तो विषम परिस्थितिमा लगानीकर्तालाई संयम र धैर्यता अपनाएर सुझबुझका साथ लगानी गर्न पनि फोरमले अनुरोध गरेको छ ।
यस्तो छ फोरमको विज्ञप्ति:
