अब एनसेलका प्रयोगकर्ताले पनि डिजिटल वालेट 'नमस्ते पे' प्रयोग गर्न पाउने

अर्थबिट २०७८-११-०५ १८:२२:०० बजे

काठमाण्डौ।अब एनसेलका प्रयोगकर्ताले पनि डिजिटल वालेट नमस्ते पे प्रयोग गर्न पाउने भएका छन् । 

नेपाल डिजिटल पेमेन्ट अन्तर्गतको नमस्ते पे सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक हो ।

नमस्ते पेमा हाल सम्म नेपाल टेलिकमका प्रयोगकर्ताले मात्रै आफ्ना नम्बर दर्ता गराई सेवा लिन सक्ने अवस्था थियो । तर अब भने एनसेलका प्रयोगकर्ताले पनि नमस्ते पे प्रयोग गर्न सक्नेछन् । एनसेल प्रयोगकर्ताको लागि आजबाट यो व्यवस्था सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सँगै अब चाँडै नै स्मार्ट टेलिकमका प्रयोगकर्ताले पनि यो सेवा प्रयोग गर्न पाउने अनुमान गर्न सकिन्छ । गत भाद्रबाट व्यवसायिक सुरुवात गरेको नमस्ते पेमा हाल ४० भन्दा बढी बैंक तथा वित्तीय संस्था जोडिएका छन् । जसमार्फत मोबाइल रिचार्ज लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।

नेपाल डिजिटल पेमेन्ट अन्तर्गतको नमस्ते पे सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।