धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालद्वारा पदभार ग्रहण

अर्थबिट २०७८-११-०८ ११:३९:०० बजे

काठमाण्डौ।नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् ।

आज आइतबार ललितपुरस्थित खुमलटारमा रहेको नेपाल धितोपत्र बोर्डको कार्यालयमा नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका हुन्।

गत शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेका हमालले आज आइतबारदेखि धितोपत्र बोर्डको अध्यक्षका रुपमा पदभार सम्हालेका छन्।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।