काठमाण्डौ।आज सोमबारनेपाल स्टक एक्सचेन्जमा १ वाणिज्य बैंक र १ फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा २ कम्पनीको गरी कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आज नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।