रियलमी ९ सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

अर्थबिट २०७८-११-०९ १०:२०:०० बजे

काठमाण्डौ।रियलमी ९ सिरिजको पहिलो स्मार्टफोन’रियलमी ९आई’ नेपाली बजारमा सार्वजनिक भएको छ । स्न्यापड्रागन ६८० चिपसेटसहित सार्वजनिक भएको फोन दुई भेरियन्टमा उपलब्ध छ ।

थोरै ब्याट्री खपत गर्ने चिपसेट र ५००० एमएएच क्षमताको ब्याट्रीले फोन लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ । साथै फोनमा ९० हर्जको रिफ्रेस रेट सहित ६।६ इन्चको डिस्प्ले दिइएको छ ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेल म्याक्रो, २ मेगापिक्सेल डेफ्थ र १६ मेगामपिक्सेलको सेल्फी क्यामेरा छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य २४,४९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य २७,९९९ रुपैयाँ तोकिएको छ ।

अनलाइन स्टोर दराजमा यो फोन आजदेखि बुधबारसम्म बुकिङ गर्न सकिनेछ । त्यस्तै बुधबारदेखि शुक्रबारसम्म अफलाइन ग्राहकले देशभरका बजारमा मोबाइल प्रि(बुक गर्नसक्ने रियलमी नेपालले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।