अब फेसबुकमा पनि टिकटकजस्तै फिचर

अर्थबिट २०७८-११-११ १८:०९:०० बजे

Web Pic.

काठमाण्डौ।मेटाले विश्वभरका फेसबुक प्रयोगकर्ताका लागि टिकटक जस्तै फिचर रिल्स सार्वजनिक गरेको छ ।

फेसबुकले विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि आउन लागेको हो ।

फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ इडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको बताइएको छ । 

फेसबुक रिल्सका प्रयोगकर्ताले इन्स्टाग्राम रिल्समा जस्तै अन्य भिडियोलाई रिमिक्स अर्थात डोयट गर्न तथा ६० सेकेन्डसम्म लामो भिडिओ क्लिप अपलोड  गर्न सक्नेछन् । यसका साथै फेसबुक प्रयोगकर्ताले रिल्स भिडिओलाई ड्राफ्टमा सेभ गर्न समेत सक्नेछन् ।

मेटाले आगामी महिनामा नयाँ भिडिओ क्लिपिङ टुल्स समेत थप गर्नेछ । जसले क्रियटरलाई लाइभ तथा लामा भिडिओ पब्लिस गर्ने प्रयोगकर्तालाई सहज बनाउनेछ भने रेकर्डेड भिडियोहरूले केही फरक ढाँचाको अनुभव गराउनेछन् ।

मेटाले फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन समेत थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन(स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत सेयर गर्न मिल्नेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।