काठमाण्डौ।चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरीमा नेपालमा नै पहिलो पटक कपल स्वीङ्ग खेल सुरु गरेको छ ।
चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिका प्रसाद पौडेलले नेपालमा नै पहिलो पटक कपल स्वीङ्ग खेल सुरु गरेको दाबी गरेका छन् । आज शिवरात्रीको शुभसाइत पारी सुरुवात गरेको उनले जानकारी दिए ।
पौडेलका अनुसार एकीकृत पर्यटक गन्तव्य बनाउने कम्पनीको लक्ष्य मुताबिक चन्द्रागिरीमा भालेश्वर महादेवको दर्शनका अतिरिक्त मनोरञ्जनात्मक खेलहरु पनि समावेश गरिनेछ ।
सञ्चालक पौडेलले चन्द्रागिरी हिल्समा विभिन्न मनोरञ्जनात्मक खेलहरु थप्दै जाने योजनाअनुरुप आजदेखि कपल स्वीङ्ग खेल सुरु गरेको बताए । कपल स्वीङ्ग खेल करिब ४ मिनेटका लागि ४०० रुपैयाँ शुल्क लाग्ने उनले जानकारी दिए ।
यसअघि जीपलाईन सुरु गरिसकेको बताउँदै उनले आगामी दिनमा अन्य मनोरञ्जनात्मक खेलहरु जोड्दै जानकारी जिकिर गरे । निकट भविष्यमा बन्जी जम्पिङ्ग पनि थप्ने योजना रहेको पौडेलले जानकारी दिए ।
COUPLE SWING#cHANDRAGIRI HILLS# - YouTube