सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भएको पाइए खबर गर्न गृहको अनुरोध

RSS २०७८-११-२० १५:२७:०० बजे

काठमाण्डौ।गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । 

यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पु¥याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धीका भिडियो तथा तस्बीरहरू राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । 

बिदासम्बन्धी भ्रामक समाचारको ध्यानाकर्षण 

यसैबीच मन्त्रालयले विसं २०७९ मा हुने बिदाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट प्रकाशन भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयमा नेपाल राजपत्रमा सूचना प्रकाशित सार्वजनिक बिदा नै आधिकारिक हुने भएकाले भ्रामक समाचारप्रति विश्वास नगर्न अनुरोध गरेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।